काठमाडौं । सेयरबजारमा लामो समयपछि सात अर्बभन्दा बढीको कारोबार भएको छ ।
आइतबार धितोपत्रको दोस्रो बजारमा ५३ दिनपछि ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो।
यस अघि मंसिर १ गते ७ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
त्यसलगत्तै नेप्सेमा दैनिक कारोबार रकम घट्दो क्रममा रही पछिल्लो समय दैनिक औषतमा ३/४ अर्बको शेयर कारोबार भइरहेकोमा यस दिन कारोबार रकम ७ अर्ब नाघेको हो। यद्यपि, आजको कारोबार रकम सो दिनको भन्दा कम हो।
यस दिन २३९ कम्पनीको ८२ हजार ११३ पटकको कारोबारमा ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ५० लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबार यस दिन नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको छ।