नोबेल मेडिकल कलेजमा तोडफोड

काठमाडौं । नोबेल मेडिकल कलेजमा तोडफोड भएको छ ।

कलेजले एमबिबिएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबिबिएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका हुन्छ।

आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोक्ने क्रममा सुरक्षागार्डले लाठी प्रहार गरेपछि सो घटना घट्न पुगेको थियो । 

बिहीबार आन्दोलनरत पक्षसँग जिल्ला प्रशासन कार्यालय मोरङमा भएको छलफलमा विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति भएको थियो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.