उदयपुर । उदयपुरगढी गाउँपालिकाले किसानहरूलाई व्यावसायिक तरकारी खेती तालिम दिएको छ । किसानहरूले उदयपुरगढी गाउँपालिका ६ नेपालटारमा तीन दिने व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम दिएका हुन ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा किसानहरूलाई सीप दिएर स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित तालिम सम्पन्न भएको हो ।
जागरण पशुपंक्षी तथा कृषक समूहमा आवद्ध किसानहरूलाई तरकारी खेतीसम्बन्धी तालिम दिइएको कृषि शाखा प्रमुख पारशमणि फुँयालले बताए ।
तालिममा प्रशिक्षक मोहनलाल फुँयालले कृषि तथा तरकारी खेतीको विभिन्न पक्ष, बाली क्यालेन्डर, विभिन्न रोग, किराले कृषकलाई पार्ने समस्याबारे प्रशिक्षण दिएका थिए ।
तालिमको संयोजन उदयपुरगढी गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारसमणि फुँयालले गरेका थिए ।
पालिकाको कृषि विकाश शाखाको आयोजनामा जागरण पशुपंक्षी तथा कृषक समूहमा आवद्ध कृषकहरूका लागि १८ हप्ते कृषि पाठशाला बिहीबार सम्पन्न गरेको थिायो ।
पाठशालामा सहभागी भएका ३० जना कृषकलाई तरकारी बाली काउली खेतीसम्बन्धी अध्यापन गराइएको थियो ।