काठमाडौं । साताको दोस्रो दिन पनि शेयरबजार उकालो लागेको छ । सोमबार २८ सय माथि पुगेको नेप्से १९ अंकमा झरेर २७ सय ८४ अंकमा बन्द भएको छ ।
आइतबार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढे पनि सोमबार भने बढ्ने र घट्ने कम्पनीहरु लगभग बराबरीजस्तै छन् ।
कारोबार रकम भने ७ अर्ब १२ करोड नाघेको छ । सोमबार धेरै शेयर मूल्य बढ्नेमा हाइड्रोपावर कम्पनीहरु अग्रपंक्तिमा देखिएका छन् ।