पूर्वराजा देखि राष्ट्रपतीसम्मले पृथ्वी सालिकमा माल्यार्पण गर्दा, लाग्यो गणतन्त्र मुर्दावाद,'हाम्रो राजा हाम्रो देश'को नारा(फोटोसहित)

काठमाडौ । पूर्वराजा देखि राष्ट्रपतीसम्मले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनीहरुले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् ।

विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले  सिंहदरबार मुलगेटअघि रहेको सालिकमा पुगेर  माल्यार्पण गर्दा ‘गणतन्त्र मुर्दावाद’ को नारा लाग्यो ।

raja.PNG

पूर्वराजा ज्ञानेन्द्र दिउँसो साढे १२ बजे समर्थकहरूसहित सिंहदरबार पुगेका थिए । त्यस क्रममा राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर बोकेका समर्थकहरूले गणतान्त्रिक व्यवस्थाविरोधी नारा लगाएका हुन् । उनीहरूले ‘हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो राजा चाहियो, गणतन्त्र मुर्दावाद, यो व्यवस्था चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।

rpp.jpg-5.jpg

पूर्वराजा ज्ञानेन्द्रले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा हिजो सन्देश जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति असन्तोष प्रकट गरेका थिए । जनताको हित नगर्ने व्यवस्था जति उन्नत भए पनि त्यसलाई लामो समय अभ्यास गर्न नहुने उनको सन्देश थियो ।

prithibi-13-.jpg.jpg

prithibi-1-.jpg.jpg

prithibi-6-.jpg.jpg

prithibi-28-.jpg.jpg

prithibi-16-.jpg.jpg

prithibi-27-.jpg.jpg

prithibi-9-.jpg.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.