क्यानडाको क्युबेकमा खोप नलगाएकालाई स्वास्थ्य कर

एजेन्सी ।  कोभिडका कारण संक्रमितको संख्या बढेसँगै सो प्रान्तमा खोप नलगाउनेलाई स्वास्थ्य करको प्रावधान ल्याउन लागिएको हो ।

‘खोप' लगाउन अस्वीकार गर्ने सम्पूर्ण वयस्कलाई कर लगाउने तयारी गरेका छौ । किनकी उनीहरु सम्पूर्ण क्युबेक प्रान्तका लागि बोझ हुन्,  क्युबेक प्रान्तका प्रमुख फ्रान्कोइस लेगाल्टले भने ।

उनका अनुसार खोप नलगाउने १० प्रतिशत व्यक्तिका कारण त्यहाँका ९० प्रतिशत व्यक्तिको स्वास्थ्यमा असर गरेको छ । खोप नलगाएका वा लगाउन अटेरी गर्नेलाई कर लगाइने उनले बताए ।
 
खोपको पहुँच हुँदा हुँदै पनि कतिपय व्यक्तिले लगाउन अस्वीकार गर्दै आएका छन् ।

आईसीयूमा उपचारार्थ ५० प्रतिशत व्यक्तिमध्ये अधिकांश खोप नलगाएका भएको उनको भनाई छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.