कोभिड १९ स् १५६२ संक्रमित थपिए, १९ जनाको निधन
कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ५६२ जनामा देखिएको छ

काठमाडौं,कोरोना भाइरसको संक्रमण आज एकै दिन एक हजार ५६२ जनामा देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनामा परीक्षण गर्दा एक हजार ५६२ जनामा संक्रमण देखिएको हो । नेपालमा संक्रमणको दर १९।३ प्रतिशत पुगेको छ ।

सक्रिय संक्रमित २६ हजार २०२ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १२ र २०० भन्दा बढी संक्रमित हुने जिल्ला २० रहेका छन् ।यस्तै संक्रमणबाट निको भई आज एक हजार ५८९ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४२ हजार ३०३ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९५।२ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट २४ घण्टामा १९ जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ९८४ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३७०।२ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.