काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार ३६ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् ।
सोही समयमा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।
केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या तीव्र रुपले बढिरहेको छ ।