काठमाडौँ । भक्तपुरमा ट्याटु खोपाउने लाइनमा बसेका युवकको मृत्यु भएको छ ।
मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटु बनाउनेस्थलमा बेहोस भएर ३३ वर्षीय विराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ताले जानकारी दिए ।
पुस २८ राति साढे ९ बजेतिर ट्याटु खोप्ने पालोमा बसेका खड्का बेहोस भएपछि ‘इन्क ट्याटु’का सञ्चालकले उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगेका थिए ।
अस्पतालमा उपचारको क्रममा उनको पुस २९ मा बिहान निधन भएको हो । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।