पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं ।  सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक युवक पक्राउ परेका छन् ।

प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका -३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका-७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेकाे हाे । 

प्रहरीका अनुसार मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएकाे छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.