काठमाडौ । त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबलाई ३–१ गोलले पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा आर्मीले फ्रेण्ड्सलाई ३–१ गोलले हराएको हो ।
आर्मीका लागि खेलको १०औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।पेनाल्टी एरियाको बाँया तर्फबाट जगजितले गरेको क्रस दोस्रो बारमा लाग्दै गोल भएको थियो ।
यस्तै खेलकाे, २२औं मिनेटमा आर्मीले अग्रता दोब्बर बनायो । जर्ज प्रिन्स कार्कीले दायाँ कर्नरबाट गरेको क्रसलाई पेनाल्टी एरियामा रहेका दिनेश हेम्जनले ‘वान टच’ मा गोल गरेका थिए ।आर्मीका सुमन अर्यालले ७१औ मिनेटमा अर्काे र्गोल गर्दै आर्मीलाई ३–१ को अग्रता दिलाए । जितसँगै आर्मीले महत्वपूर्ण तीन अंक सहित गोल अन्तरको भने सुधार गरेको छ । आर्मी ९ खेलमा १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।