काठमाडौं । अफनागिस्तानका लागि सहयोगका सामग्री बोकेर नेपाली जहाज त्यसतर्फ प्रस्थान गरेको छ।
केहीबेर अघिमात्रै सो जहाज अफगानिस्तानतर्फ प्रस्तान गरेको हो । सहयोग सामग्री लिएर अफगानिस्तानतर्फ मन्त्रालयका कर्मचारी, निजी क्षेत्रका प्रतिनिधि र पत्रकार अफगानिस्तान गएका छन् ।
नेपाल सरकारले अफगानिस्तानलाई संयुक्त राष्ट्र संघले उपलब्ध गराएको सूचीअनुरुप मानवीय सहयोग गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको टोलीले उपलब्ध गराएको सूची अनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडा लगायतका करिब १४ टन सामग्री नेपाललाई सहयोग गरेको जानकारी दिए ।
सामग्रीहरु व्यापारी व्यवसायीहरुले सहयोग गरेको मन्त्री खड्काले बताए ।
तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अफगानी जनजीवन प्रभावित हुँदै आएको छ । २०२१ अगस्ट १५ मा त्यहाँ तालिवानले सत्ता कब्जामा लिएको थियो ।