आज सुनचाँदीको बजार भाउ

काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यसैगरी, तेजावी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि शुक्रबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

चाँदीको भाउ  प्रतितोला एक हजार  ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.