प्रदेश २ को नाम मधेश कि जानकी ?

जनकपुरधाम । प्रदेश २ सभाको बैठक आज बस्दैछ । बैठकमा सभामुख सरोजकुमार यादवको नेतृत्वमा बनेको विशेष समितिले प्रतिवेदन बुझाउने कार्यसूची रहेको छ । प्रतिवेदनमा राजधानी र नामाकरणसम्बन्धी प्रस्ताव समावेश हुने सचिवालय सचिव रंजितकुमार यादवले बताएका छन् । 

सात प्रदेश मध्ये प्रदेश १ र २ ले प्रदेशको नाम तय गर्न सकेको छैन । सोही नाम र स्थायी राजधानीलाई निर्णय गर्न सभा बैठकमा प्रतिवेदन अध्ययनका लागि पेश गर्ने बताइएको छ । सहमतिको आधारमा प्रदेशको नाम र राजधभानी टुंगाउने कोशिश गर्दा पनि सहमति हुन सकेको छैन । 

त्यस कारण प्रदेशको नाम र राजधानीमा मतदानको संभावना बढ्दै गएको छ । प्रदेशको नाम मधेश राख्नुपर्नेमा सत्तारुढ जसपा, नेकपा माओवादी केन्द्र र प्रतिपक्षी लोसपा रेहेको छ । प्रदेशसभामा कुल १०४ सांसद छन् । नाम र राजधानी पारित हुन दुई तिहाई बहुमतस्वरूप ७० सांसद चाहिन्छ । मधेश नाम माग गरेका तीन दलसँग ६३ सांसदमात्र छन् ।

सत्तारुढ नेपाली कांग्रेसले भने प्रदेशको नाम मिथिला भोजपुराको पक्षमा छ । सत्तारुढ नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले जानकी प्रदेश नाम प्रस्ताव गरेको छ ।

सबै दल प्रदेशको राजधानी जनकपुरधाम तोक्न सहमत छन् । प्रदेशको नाम तय नहुदाँ जनकपुरधाम राधानी स्थायी रुपमा निर्णय गर्न सकिरहेको अवस्था छैन । आजको बैठकमा प्रदेशको नाम वारे प्रतिवेदनमा पेश गरिए अनुसार अध्ययन र छलफल हुने कार्यसूची रहेको छ ।

अध्ययन अनुसार छलफलबाट प्रदेशको नाम टुंगो नलागे प्रदेश सभामा निर्वाचन प्रक्रिया शुरु हुनेछ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.