आइतबार पनि सेयरबजारमा हरियाली

काठमाडौं । सेयरबजार आज पनि उकालो लागेको छ । केही दिनयता लगातार हरियाली देखिँदै आएको सेयरबजारमा आइतबार पनि हरियाली छाएको छ ।

कारोबारमापक नेप्से परिसूचक आज २९ सय माथि पुगेको छ । आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो ।

यद्यपि, नेप्से परिसूचकले नयाँ रेकर्ड भने भेट्टाउन सकेको छैन । ३२ सय अंकमा पुगेर घट्ने क्रममा लागेको शेयर बजार पछिल्लो केही सातादेखि भने बढ्ने क्रममा छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.