काठमाडौं । १३ करोड राजस्व नतिरी नेपाल छाड्न लागेका क्यासिनो सञ्चालकलाई नेपाल छोडन रोक लगाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको हो ।
शनिबार राति १० बजे अमेरिका उड्न लागेका उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको थियो ।
उनले ओसिपी एसियाको लगानीमा काठमाडौँको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिर्न बाँकी छ ।