मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु

मकवानपुर ।  मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा परी एक जना महिलाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्वर–७ स्थित पूर्वपश्चिम राजमार्ग अन्तरगतको सडकमा टिपर र मोटरसाइकल आपसमा  ठोकिदा  दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका वडा नम्बर–१२ बस्ने ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाइते भएकी रेग्मीको उपचारको क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ  ।

आज बिहान चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना २ क ४३१ नम्बरको खाली टिपरले सोही दिशामा रहेको ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको  हो ।

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर–१२ बस्ने ५७ बर्षीय महेन्द्र रेग्मी घाइते भएका छन् । उनको उपचार जारी रहेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले  जानकारी दिएको छ । घटनाबारे थप विवरण आउँन बाँकी रहेको छ । ठक्कर दिने टिपर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.