सेयरबजार उत्साहजनक : पाँच महिनायताकै बढी कारोबार

काठमाडौं । साताको पहिलो दिन ९ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । कुनैबेला एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार शेयरबजार घटेर ५ अर्ब पनि  पुग्न धौ-धौ भइरहेका बेला आइतार उल्लेखित रकम बराबरको सेयर कारोबार भएको हो । 

आइतबार भने ९ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यो पछिल्लो तीन महिनाकै उच्च कारोबार रकम हो ।

त्यसैगरी, आइतबार  नेप्से परिसूचक उच्च अंकले बढेर २९ सय माथि पुगेको छ . 

उता शेयर कारोबार मापक नेप्से परिसूचक ठ्याक्कै ६९ अंकले बढेर २ हजार ९ सय २६ दशमलव ७४ अंकमा पुगेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.