काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्ति भएका छन् । श्रेष्ठले सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि पदभार ग्रहण गर्नेछन् ।
रमेशकुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमाकार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २०वर्षभन्दा बढीको अनुभव हासिल गरिसकेका छन् ।
उनी संचालन, व्यवस्थापन तथा व्यवसायप्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशलव्यवस्थापकको रुपमा पनि चिनिन्छन् ।