सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुन तोलामा १०० रुपैयाँले वृद्धि भएको छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार  छापावाल सुन तोलाको ९२ हजार ४०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । 

चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.