काठमाडौँ । नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी फेरबदल भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।
सञ्चारमाध्याममा प्रहरीको जानकारी सूचना सम्प्रेषण गर्न र जनचासोलाई सहज तरिकाले कार्यन्वयन गर्नका लागि केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।
प्रवक्ता केसी हाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।