प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवसहित ४० जनामा कोरोना पुष्टि

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवसहित ४० जनामा कोरोना पुष्टि भएको छ । 

मन्तिपरिषद कार्यालयका दुई सय कर्मचारीको नमुना परीक्षण गर्दा उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो । 

कोरोना पुष्टि हुने सचिवहरुमा रामप्रसाद थपलिया, शिशिर ढुंगाना र कृष्ण राउत छन्। 

मन्त्रालयका अनुसार संक्रमितमध्ये सिकिस्त अवस्थामा कोही नपुगेको र उनीहरुलाई होम आइसोलेसनमा पठाइएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.