ललितपुरमा आजबाट बुस्टर डोज,कहाँ कहाँ लगाइन्छ खोप(सूचीसहित)

ललितपुर । ललितपुरमा आजबाट कोभिड-१९ विरुद्धको बुस्टर डोज लगाइने भएको छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डोज लगाइन लागिएको हो ।

त्यसका लागि महानगरपालिकाले खोप केन्द्र तोकेको छ ।  खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । 

खोप केन्द्र

ललितपुर महानगरपालिका

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल

© 2021 Quicknepal.com  |  All Rights Reserved.