अमेरिकामा लकडाउन गर्न आवश्यक छैन : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण लकडाउन गर्न आवश्यक नभएको बताएका छन् ।

उनले ओमिक्रोन भेरियन्ट त्रासको कारण नभएर चिन्ताको कारण भएको बताउँदै लकडाउन गर्न आवश्यक नभएको बताएका हुन ।

उत्तर अमेरिकामा ओमिक्रोन संक्रमणको घटना बाहिर आएपछि उनले यस्तो बयान दिएका हुन् ।

उनले भने, 'यदि मानिसहरु खोप लगाएर, मास्क लगाएर बसिरहेका छन् भने अहिले लकडाउन गर्नुपर्ने अवस्था छैन।' 

क्यानडामा ओमिक्रोनका केसहरू देखा परेकाले अमेरिकाले सावधानीका रूपमा आठ अफ्रिकी देशमा यात्रा प्रतिबन्ध लगाएको छ।

राष्ट्रपति बाइडेनले भाइरस संक्रमणलाई रोक्ने प्रतिबद्धता गरे तापनि अमेरिकामा गत वर्षको तुलनामा यस वर्ष कोभिडबाट धेरै मानिसको मृत्यु भएको छ।

सोमबार ह्वाइट हाउसमा बाइडेनले दक्षिण अफ्रिकामा पाइने ओमिक्रोन स्ट्रेन कुनै बेला अमेरिकामा आउने र यसलाई रोक्न नसकिने बताएका थिए ।

उनले भ्याक्सिन कम्पनीहरूले भविष्यको आवश्यकतालाई ध्यानमा राखेर नयाँ खोपको योजना बनाइरहेको बताए ।

गत हप्ता, अमेरिकाले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक र मलावीबाट उडानमा प्रतिबन्धको घोषणा गरेको थियो।

क्यानडा, बेलायत, युरोपेली संघ र अन्य देशहरूले पनि दक्षिणी अफ्रिकाबाट यात्रामा प्रतिबन्ध लगाएइएको छ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.