युएई ड्रोन आक्रमणप्रति नेपालको निन्दा

काठमाडौं । नेपालले युएईमा भएको ड्रोन आक्रमणप्रति निन्दा गरेको छ । 

ड्रोन आक्रमणमा परी दुई भारतीय र एक पाकिस्तानी नागरिकको ज्यान गएपछि नेपालले सोको निन्दा गरेको हो । 

परराष्ट्र मन्त्रालयले मंगलबार ट्वीटरमार्फत् युएईका विभिन्न स्थानमा भएका ती आतंकवादी हमलाप्रति खेद व्यक्त गरेको छ ।

मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत नेपालले गरेको छ । उक्त आक्रमणमा ६ जना घाइते भएका थिए ।

सो घटनाको यमनको हुती विद्रोहीले आक्रमणको जिम्मा लिएको छ ।


© 2021 Quicknepal.com  |  All Rights Reserved.