एमयूएफसीसँग सगरमाथा इन्स्योरेन्सको साझेधारी
एन्फा मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा क्लबले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई आफ्नो बीमा पार्टनर घोषणा गरेको हो ।

काठमाडौं । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड ९एमयूएफसी०का नेपाली प्रशंसकले स्थापना गरेको विजयचोक युथ क्लबले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई आफ्नो बीमा पार्टनर घोषणा गरेको छ ।

एन्फा मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा क्लबले सगरमाथा इन्स्योरेन्स कम्पनीलाई आफ्नो बीमा पार्टनर घोषणा गरेको हो ।

सगरमाथा बीमा कम्पनीसँगको साझेधारीबारे बोल्दै एमयूएफसी विजयचोक युथ क्लबका प्रबन्धक विवेक थापाले आफ्नो साझेधारीले खेलाडीमा पर्न सक्ने बोझ मुक्त गर्नुका साथै खेलाडीलाई आत्मविश्वास बढाउने बताए । बीमा योजना गरेकामा उनले सम्पूर्ण टिमलाई धन्यवाद पनि दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.