काठमाडौं । हिमानी ट्रस्टको शाखा अमेरिकाको वासिङ्टनको डिसीमा पनि खुल्ने भएको छ। सो शाखा उद्घाटनका लागि अमेरिका पुगिसकेकी छिन् ।
उनले बिहीबार सो शाखाको उद्घाटन गर्ने कार्यक्रम छ ।
अमेरिकामा रहेका हिमानी शाहका समर्थक र शुभेच्छुकहरूले सामाजिक कामका लागि हिमानी ट्रष्टको शाखा कार्यालय खोल्न लागेको बताइएको छ ।
हिमानी शाहले नेपालमा हिमानी ट्रष्टको माध्यमबाट सामाजिक काम गरिरहेकी छन् । ट्रष्टको संरक्षकमा पूर्वराजा ज्ञानेन्द्र शाह छन् ।