कोरोना संक्रमित भएका र नभएका परीक्षार्थी एकै ठाउँ राखेपछि विद्यार्थी र प्रहरीबीच घम्साघम्सी

काठमाडौं । बानेश्वरस्थित कान्तिपुर इन्टरनेश्नल कलेजमा विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको छ ।

परीक्षा दिने क्रममा कोरोना संक्रमित विद्यार्थी र संक्रमण नभएका विद्यार्थीलाई एकै ठाउँ राख्न खोजेपछि विद्यार्थी र प्रहरीबीच घम्साघम्सी भएको हो ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको छ । त्यसक्रममा केही विद्यार्थी घाइते भएका छन् । प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।

बुधबार बिएएलएलबीको चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको थियो । अहिलेसम्म परीक्षा सुरु भएको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.