लोकसेवा आयोगका सबै परीक्षा स्थगित गर्ने कि भन्ने विषयमा छलफल भइरहेको छ : प्रवक्ता दाहाल

काठमाडौं । लोकसेवा आयोगका प्रवक्ता तोयानाराण दाहालले लोक सेवा आयोगले लिने सबै परीक्षा स्थगित गर्ने कि भन्ने विषयमा आन्तरिक छलफल भइरहेको बताएका छन् । 

कोरोना संक्रमण बढेपछि लोकसेवा आयोगका सबै परीक्षा स्थगित गर्ने भन्ने विषयमा छलफल भएको दाहालले बताए ।

उनले यसबारे निर्णय बिहीबार बस्ने आयोगको नियमित बैठकले गर्ने बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.