काठमाडौं । केही दिनयता लगाता उकालो लागेको नेप्से परिसूचक बुधबार भने घटेको छ ।
बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । बुधबार २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँबराबरको खरिदबिक्री भएको छ ।