काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ बजे राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन एक घण्टा बित्दा पनि सुरु भएको छैन ।
प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले दिउँसो ३ बजे देशवासीलाई सम्बोधन हुने बताएका थिए।
प्रधानमन्त्रीले आफ्नो सरकारको ६ महिना पूरा भएको अवसरमा सम्बोधन गर्न लागेका हुन्।
उनले देश कोरोना महामारीको चपेटामा परिरहेको र स्थानीय तथा संघीय निर्वाचनबारे छलफल चलिरहेका बेला सम्बोधन गर्न लागेका हुन्।