सिन्धुपाल्चोकमा गाडी दुर्घटना हुँदा चार जना घाइते

सिन्धुपालचोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य छ । अर्का एक जनाको ढाडमा चोट लागेको छ । उनीहरुको  सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचार भइरहेको छ । 

गाडी  अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.