काठमाडौं । कानुनविदहरुसँग सत्ता गठबन्धनले छलफल गर्ने भएको छ।
स्थानीय तहको निर्वाचनको अन्तिम समय कुन भन्ने विषयमा विवाद भइरहेका बेला कांग्रेस नेतृत्वको गठबन्धनले आइतवार अपरान्ह ४ बजे कानुनविदहरुसँग छलफल गर्न लागेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने उक्त छलफलमा सत्ता गठबन्धनका शीर्ष नेताहरु पनि सहभागी हुने छन्।