काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले चुनावको मिति तोक्न माग गर्दै प्रदर्शन गरेको छ।
आइतबार युवासंघका नेता तथा कार्यकर्ताले नाराबाजी गर्दै सो माग गरेका हुन् । साथै उनीहरुले मन्त्री रेणु यादवको राजीनामा पनि माग गरेका छन् ।
जुलुसमा सहभागीहरुले नरसंहारबादी मन्त्री रेणु यादवलाई बर्खास्त गर, निर्वाचनको मिति घोषणा गर, देउवा सरकार, अपराधी सरकार चाहिँदैन जस्ता नारा लगाएका छन् ।