कैलालीमा श्रीमतीको हत्या गरेर  श्रीमान फरार 

कैलाली । कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेर फरार भएका छन् ।

जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा रोक्कामगरले कुटपिट गर्दै श्रीमतीको हत्या गरेको बताइएको छ  ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.