साताको दोस्रो दिन नेप्से परिसूचक बढ्यो, साढे ५ अंक

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०.८२ अंक बढेर २९२०.५२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.६० अंक बढेर २९२६.१२ विन्दुमा पुगेको हो।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७९ अंक बढेको छ ।

सोमबार प्रि-ओपन सेसनमा १५ कम्पनीको १४ लाख ८२ हजार ७६३ रुपैयाँबराबरको २ हजार ४८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने चार कम्पनीको शेयरमूल्य घटेको छ।

बाँकी १ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.