‘मैले कुटाइ खाएक कुरा सत्य होइन’ उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी
अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरदारले तालिवानभित्रकै विरोधी समूहको कुटाइबाट घाइते भएको भन्ने विवरण अस्वीकार गरेका छन् ।

एजेन्सी
काबुल । अफगानिस्तानका उपप्रधानमन्त्री मुल्लाह अब्दुल गनी बरदारले तालिवानभित्रकै विरोधी समूहको कुटाइबाट घाइते भएको भन्ने विवरण अस्वीकार गरेका छन् । तालिवानका सहसंस्थापकसमेत रहेका बरदार लामो समय सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् ।

तालिवान भित्र बरदार र हक्कानी नेताबीच चर्काचर्की परेको र उनीहरुका समर्थकले हात हालाहाल गर्ने क्रममा बरादार घाईते भएको विवरण सार्वजनिक भएको थियो । तर, एक अन्र्तवार्तामा बरदारले समूहमा आन्तरिक विवाद नभएको दाबी गरेका छन् । ‘मैले कुटाइ खाएको सत्य होइन । म स्वस्थ छु ।’ उनले भनेका छन् ।

आफू राजधानी काबुलबाट केही टाढा गएको र इन्टरनेटको पहुँच नहुँदा सम्पर्कबिहिन भएको उनले बताए्का छन् । तालिवानको दोहास्थित राजनीतिक कार्यलयले सार्वजनिक गरेको एक तस्बिरमा बरदार अन्तर्वाताकारसँगै अर्को सोफामा बसेर पत्रिका पढेको देखिन्छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.