रुपन्देहीको जंगलमा भेटियो महिला र बालिकाको शव

रुपन्देही । रुपन्देहीको देवदहस्थित जंगलमा एक महिला र बालिकाको शव भेटिएको छ । ईलाका  प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीका अनुसार मंगलवार दिउँसो जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको हो ।

अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा भेटिएको प्रहरीले जनाएको छ । शव कसको हो भन्ने खुलेको छैन । घटना हेर्दा हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ । 

मृत शरीर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको वारेमा छानविन शुरु गरेको जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.