धादिङमा प्रधानमन्त्री देउवा र मन्त्री रेणु यादवको राष्ट्रिय युवा संघ नेपालद्वारा पुत्ला दहन

धादिङ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धादिङले मंगलवार गजुरी गाउपालिकाको गजुरी बजारमा राके जुलुस निकलेको छ । राके जुलुसमा राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्री रेणु कुमारी यादवको पुत्ला दहन गरेको छ।

राष्ट्रिय युवा संघ नेपाल धादिङका ईन्चार्ज कमरेड दिपक खतिवडा, राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश सचिव कमरेड मोदनाथ सिलवाल र नेकपा एमाले गजुरी गाउँपालीका अध्यक्ष कमरेड माधव भण्डारीले आफ्नो भनाइ राखेका थिए ।

संघका जिल्ला संयोजक कमरेड काजी श्रेष्ठले कार्यक्रमको सहजिकरण गरेका थिए । २५० भन्दा धेरै युवाहरुको सहभागीतासहितको जुलुसले सरकार, प्रधानमन्त्री   र मन्त्री रेणु कुमारी यादवको बिरुद्वमा नाराबाजी समेत गरेका छन् ।

सरकारका मन्त्री रेणु कुमारी यादवको हिंसात्मक अभिव्यक्ती, पेट्रोलियम पदार्थ लगायतका क्षेत्रमा भएको मुल्य वृद्धि, स्थानीय निकायको निर्वाचनको मितिमा ढिलासुस्ती,स्वास्थ्य क्षेत्रमा देखिएको संकट तथा सिटामोलको हाहाकार र २४ लाख खोप गायव गरिएको भन्दै त्यसको विरोधमा राके जुलुस निकालिएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगका उप प्रमुख छत्कुलीले क्विक नेपाललाई जानकारी दिए । 

761C5B72-7730-473A-9486-AEF8BC8413B9.jpeg

© 2021 Quicknepal.com  |  All Rights Reserved.