काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले वृद्धी भएको छ । मंगलबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।