काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य तुल्सी चौधरी र सुनिता ठठेरसहित सुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना भएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि बुटवलबाट दाङतर्फ जाँदै गर्दा पुर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको धानखोला र दाङको भालुबाङको बीचमा पर्ने कालाकाटेमा स्कारपियो र ट्रक ठोक्किँदा सो घटना भएको हो ।
घटनामा परी प्रदेशसभा सदस्य चौधरी र गाउँपालिका उपाध्यक्ष शान्तिदेवी ज्ञवाली घाइते भएका छन् ।
तर,सँगै रहेका प्रदेशसभा सदस्य ठठेर र गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।