काठमाडौं । अमेरिकी राष्ट्रपति बाइडेनले रुसले अर्को महिना युक्रेनमा आक्रमण गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग भएको टेलिफोन वार्तामा सो बताएका हुन् ।
त्यसैगरी, ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै युक्रेनका राष्ट्रपतिसँग बाइडेनले रुसले युक्रेनमा हमला गरे अमेरिका र अमेरिकाका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेको भनी आश्वासत पारेको उल्लेख छ ।
ह्वाइट हाउस नेसनल सेक्युरिटी काउन्सिल प्रवक्ता एमिली हर्नका अनुसार राष्ट्रपति बाइडेनले रुसीले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्ने स्पष्ट सम्भावना छ ।
युक्रेनको सीमामा पछिल्ला हप्तामा दशौँ हजार रुसी फौज तैनाथ रहेका बेला रुसले युक्रेनमा आक्रमण गर्ने त्रास बढिरहेका बेला राष्ट्रपति बाइडेनबाट आएको भनाइलाई निकै महत्वका साथ हेरिएको छ ।
तर, रुसले राष्ट्रपति बाइडेनको आशंका निराधार रहेको बताउँदै आएको छ ।
(एजेन्सीको सहयोगमा)