राष्ट्रिय युवा संघ नेपालको देशब्यापी प्रदर्शन जारी (तस्बिरसहित)

काठमाडौं । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सरकार र मन्त्री रेणु कुमारी यादवको विरुद्वमा प्रदर्शन जारी राखेको छ ।  

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्वि, स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको ढिलाई र मन्त्री रेणु कुमारी यादवले सिके राउतलाई खुल्लेआम ज्यान मार्ने धम्की दिएको भन्दै युवा संघ नेपालले त्यसको बिरोधमा देशब्यापी प्रदर्शन जारी राखेको प्रचार प्रसार विभागका प्रमुख महाराज गुरुङले बताए । 

युवा संघले केहीदिन अघिदेखी  प्रदर्शन जारी राखेको हो ।  काठमाडौं उपत्यकासहित धादिङ, चितवन, मकवानपुर, काभ्रे, कास्की, रुपन्देही, सुर्खेत र मधेश प्रदेशमा युवा संघ नेपालले प्रदर्शन गरेको थियो ।  

यस्तै रसुवा, रामेछाप, झापा, सिन्धुपाल्चोक, कालिकोटलगायतका जिल्लाहरुमा युवा संघले विहीवार प्रदर्शन गरेको थियो । 

आज पनि संघले बर्दिया, डोटी, कैलाली, चितवन, रुपन्देही, नुवाकोट र मकवानपुरलगायतका जिल्लाहरुमा प्रदर्शन भएको छ । प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनदेखि नारा जुलुस गरेको छ । कतै भने राके जुलुस र  कोण सभाको आयोजना गरेको छ ।  

मापसे सरकार मुर्दावाद, रेणुकुमारी यादव लाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, लिपुलेक,कालापानी र लिम्पियाधुरा फिर्ता गर लगायतका नाराहरु संघले प्रदर्शनमा प्रयोग गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।  

9D4D7375-A056-4484-985A-97452D4F69D1.jpeg

441C9866-D922-4886-8FB4-478C8F84BC99.jpeg

14572639-16BD-4EB1-AF8A-9B536A77BF02.jpeg

DDC6674E-46FB-41C1-A647-83C41D58FA29.jpeg

F001BF0B-7158-4869-B86E-FB8EC5A926A9.jpeg

A08B072A-7351-4FC5-833A-CE85155D15EB.jpeg

58C2C1EE-2A53-40E7-95F1-DE79D5B27E2D.jpeg

© 2021 Quicknepal.com  |  All Rights Reserved.