काठमाडौं । एमलेको भातृ संगठन राष्ट्रिय युवासंघले सुरु गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रम जारी छ ।
यही १२ गतेबाट सुरु भएको सप्ताव्यपी रक्तदान कार्यक्रम आज चौथो दिन उपत्यकाका विभिन्न स्थान र देशका विभिन्न स्थानमा भइरहेको छ ।
कोभिड-१९ ओमिक्रोन र अन्य स्वास्थ्य समस्याका कारण हस्पिटलमा उपचाररत बिरामीलाई रगत अभव भएको नेपाल रेडक्रस सोसाइटी र ब्लड बैंकले सूचना दिएपछि राष्ट्रिय युवा संघले सप्ताहव्यपापी रक्तदान कार्यक्रम गरेको संगठन इन्चार्ज महेश आचार्यले जानकारी दिए ।
विगतमा पनि राष्ट्रिय युवासंघले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको बतउँदै उनले विभिन्न संगठनको तुलनामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने संस्थामा युवासंघ अग्रणी स्थानमा रहेको जानकारी दिए ।
‘रक्तदान कार्य गरेर हामीले सबैभन्दा बढी रक्तदान गर्ने संस्थाको रेकर्ड तोडेका
छौँ,’ उनले भने ।
शनिबार रक्तदान कार्यक्रम उपत्यकाका उपत्यकाका चाबहिल, अल्फाबिटा कम्लेक्स नयाँ बानेश्वर, मंगलबजार ललितपुर, खौमा भक्तपुरमा सञ्चालन भइरहेको छ ।
त्यसैंगरी, आजै दिउँसो १ बजे सिफल चौरमा रक्तदान कार्यक्रम सञ्चालन हुँदै छ ।
उपत्यकाबाहिर धादिङको बेत्रावती गाउँपालिका र सिरहामा पनि रक्तदान कार्यक्रम जारी छ ।
तस्बिर















