एजेन्सी । शुक्रबार भारतमा थप २ लाख ३५ हजार ५३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । साेही अवधिमा ३ लाख ३५ हजार सङ्क्रमित निको भएका छन् भने थप ८७१ जनाले ज्यान गुमाएका छन् ।
यसअघि बिहीबार भारतमा २ लाख ५१ हजार २०९ जना सङ्क्रमित फेला परेका थिए भने ६२७ जनाले ज्यान गुमाएका थिए । अघिल्लो दिनको तुलनामा १५ हजार ६७७ जना कम सङ्क्रमित फेला परेका छन् ।
पछिल्ला केहिदिन यता भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घट्दै आइरहेको छ । हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ४ हजार रहेको छ ।
भारतमा हालसम्म ४ करोड ८ लाख ५७ हजार ९२२ जना सङ्क्रमित भइसकेका छन् । यसमध्ये ३ करोड ८३ लाख ४९ हजार ५९ जना निको पनि भएका छन् । त्यस्तै, ४ लाख ९३ हजार १९५ जनाले ज्यान पनि गुमाएका छन् ।