घट्याे सुनको मूल्य

काठमाडाैं ।  यो साता सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले गिरावट आएको छ । अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबारसम्ममा १२ सयले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको थियो । जुन, यो साताको शुक्रबार १२ सयले घटेर ९२ हजार ६०० रुपैयाँमा आइपुगेको छ । 

यस्तै गत साताको शुक्रबार तोलामा ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९२ हजार १०० रुपैयाँमा आइपुगेको छ । तेजाबी सुनको मूल्य पनि यो साता प्रतितोला १२ सयले घटेको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.