किन भयो, गठबन्धनको बैठकमा राष्ट्रपतिको आलोचना ?

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समयमै स्थानीय तहको निर्वाचन गर्न लिखित रुपमै सुझाव दिएपछि आज बसेको गठबन्धनको बैठकमा राष्ट्रपतिको आलोचना भएको हो ।

राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी थिइन् ।

बिहीबार राष्ट्रपति भण्डारी भेट्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका थिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.