काठमाडौं । नेकपा मसालको मोर्चा राष्ट्रिय जनमोर्चा औपचारिक रुपमा विधाजनको डिलमा पुगेको छ । सत्तागठबन्धनको माातमा पार्टीलाई कांग्रेसको पुच्छर बनाएको भन्दै संस्थापन पक्षसँग विद्रोह शुरु भइरहेको अवस्थामा पार्टी औपचारिक विभाजनमा आइपुगेको हो ।
मोहन विक्रम सिंह, चित्रबहादुर केसी र दुर्गा पौडेलले पार्टीलाई कांग्रेसको जमानी मात्रै बनाएको भन्दै कृष्णराज पौडेलको नेतृत्वमा नयाँ केन्द्रीय समिति बनेको छ ।
राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको विशेष राष्ट्रिय भेलाले पौडेललाई अध्यक्षमा चयन गरेको हो । केन्द्रीय समन्वय समितिको उपाध्यक्षमा चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी चयन भएका छन् ।
विशेष राष्ट्रिय भेलाले ५१ सदस्यीय केन्द्रीय समन्वय समितिले लालबहादुर जाग्रीलाई महासचिवमा, ओमबहादुर केसी कोषाध्यक्षमा र गौरीलाल कार्की सचिवमा चयन गरेका छन् ।