ज्याला नपाएको झोंकमा मजदुरले चलाए कोइलाखानीमा डोजर र स्काभेटर, ६ ट्रक ध्वस्त
टर्कीका एक मजदुरले आफूले गरेको कामको ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् ।

एजेन्सी
अंकार ।   टर्कीका एक मजदुरले आफूले गरेको कामको ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् । आफ्नौ काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती मजदुर तोडफोडमा उत्रिएका हुन् । एउटा भिडियोमा उनले डोजर र स्काभेटर लगाएर ती ट्रक ध्वस्त पारेको देखिन्छन् ।

मूर्ख मजदुरले जथाभावी ट्रकमा डोजर लगाउँदा अन्य सहकर्मीले हस्तक्षेप गरेको त्यहाँको कोनहर्ब समाचार संस्थाले जनाएको छ । तोडफोडपछि हकन नाम गरेका ती मजदुर पक्राउ परेका छन् । उनीमाथि कानूनी कारबाही हुने समाचारमा जनाइएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.