स्थानीय चुनाव नसारियोस् : बार एसोसिएसन

काठमाडौं । नेपाल बार एशोसिएशनले सरकारलाई स्थानीय तहको चुनाव नसार्न आग्रह गरेको छ । 

बारले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई समयमै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरेको हो । 

‘नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानूनले नगरेको स्पष्ट पारेकाले समयमै स्थानीय तहको निर्वाचन गरियोस्,’ सो विज्ञप्तिमा उल्लेख छ, ‘वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै लोकतन्त्रको रक्षा र सम्वर्द्धन निर्वाचनबाटै हुन्छ ।’

साथै बारले विज्ञप्ति जारी गर्दै कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने नहुने समेत बताएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.